तनहुँ–भानु नगरपालिका–११ मानेचोकस्थित पाउदी खोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ।
लमजुङको सुन्दरबजार नगरपालिका–६ अरेलुचौर बस्ने १० वर्षीय समर्पण परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
शुक्रबार पौडी खेल्दै गर्दा बगाएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।
बालकलाई अन्दाजी ८०० मिटर तल भेटिएको थियो। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।