काठमाडौँ। नेकपा एकीकृत समाजवादीको भातृ सङ्गठन युवा संघ नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ ।
शनिबार काठमाडौँका दुई फरक फरक स्थानमा दुई गुटले बोलाएको भेलामा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल संवोधनका लागि नजाने भएका छन् ।
सङ्गठनका अध्यक्ष नरेश शाहीको गुटले काठमाडौँको कालोपुलमा भेला गिरिरहेको छ भने उपाध्यक्ष नितेश पौडेलले बानेश्वरको अर्याल होटेलमा भेला गरिरहेका छन् । पौडेलले सचिवालय सदस्यहरुमा असन्तुष्टी जनाउँदै समानान्तर कमिटी बनाएका छन्। संस्थापन पक्षको भेलामा भने पार्टी उपमहासचिव विजय पौडेल सहभागी छन्।