भागवण्डामा राप्रपा पनि, पाउने भयो संसदीय सुनुवाइ विशेष समितिको सभापति-Sutra News

भागवण्डामा राप्रपा पनि, पाउने भयो संसदीय सुनुवाइ विशेष समितिको सभापति

आइतबार, १० भाद्र २०८०

आइतबार, १० भाद्र २०८०

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापति राप्रपाले पाउने भएको छ । सत्ता साझेदार दलहरुले उक्त समितिको सभापति राप्रपालाई दिन सहमति गरेका हुन् ।



राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य बुद्धिमान तामाङले बताएअनुसार सत्ता साझेदार दलहरु उक्त समिति दिन सहमत भएका हुन् ।

दलहरुबीच भएको सहमतिअनुसार उक्त समितिको नेतृत्व नेपाली कांग्रेसले पाएको थियो । तर, राप्रपासँगको छलफलपछि सत्ता साझेदार उक्त समितिको नेतृत्व राप्रपालाई दिन तयार भएको हो ।

उक्त समितिमा कांग्रेसबाट संसदीय सुनुवाइ समितिको उम्मेदवारको रुपमा सांसद जीवन परियारको नाम चर्चामा थियो ।

बताइअनुसार कोशी प्रदेश सरकारलाई सघाउने सर्तमा राप्रपालाई संसदीय समितिको सभापति दिन दलहरु तयार भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट