काठमाडौँ। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन्।
सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले दिए ।
सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको थियो ।
उनको मुद्दाको अर्को पेशी भदौ २१ गते तोकिएकाले उनी प्रतियोगिता खेल्न पाकिस्तान जाने निश्चित भएको हो ।
एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ ।