काठमाडौँ । दार्चुलामा मट्टितेल छर्केर आगो लगाएकी एक महिला मृत्यु भएको छ । प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउदको मृत्यु भएको हो ।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइँदै थियो । तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यहाँका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतबार बिहान उनले घरमा कोही नभएको बेला आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।
घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो । आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए । साउँदले शरीरमा किन आगो लगाइन् ? विषय भने खुल्न नसकेको र सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।