किन गनाउँछ श्वास ? यसरी गर्न सकिन्छ समाधान-Sutra News

किन गनाउँछ श्वास ? यसरी गर्न सकिन्छ समाधान

सोमबार, ११ भाद्र २०८०

सोमबार, ११ भाद्र २०८०

कतिपय मानिसहरू श्वास गन्हाउने समस्याले निकै समस्यामा परेका हुन्छन् । उनीहरू त्यही समस्याकै कारण न अरूसँग राम्राेसँग बाेल्न सक्छन् न त खुलेर हाँस्न नै सक्छन् । हामी यहाँ श्वास गन्हाउने समस्या किन हुन्छ र यसकाे समाधान के हाे भन्ने विषयमा चर्चा गर्दैछाैं ।



हामीले ध्यान दिनुपर्ने कुरा श्वास गन्हाउनुमा मुख वरिपरि अर्थात् दाँत र गिँजाकाे समस्या हुन्छ भने अर्काेतिर, घाँटीसम्बन्धी वा पेटसम्बन्धी समस्याले पनि यस्ताे समस्या देखिन्छ । यस्ताे समस्याकाे समाधान कसरी गर्ने त ?

यस्ता छन् उपायहरू

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने ।

धेरै तातो र धेरै चिसो नखाने ।

मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।

हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।

मुखमा खानेकुरा राखेर नसुत्ने ।

बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।

बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने ।

पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ ।

नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।

फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।

हरेक ५ महिनामा दाँत जँचाउने ।

डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । श्वास गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट