रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिको सभापतिमा खान निर्विरोध निर्वाचित-Sutra News

रास्वपाले उम्मेदवारी फिर्ता लिएपछि उद्योग समितिको सभापतिमा खान निर्विरोध निर्वाचित

सोमबार, ११ भाद्र २०८०

सोमबार, ११ भाद्र २०८०

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको उद्योग समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका खान निर्विरोध निर्वाचित भएका हुन्।

यसअघि उद्योग समितिको सभापतिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका थिए। नयाँ दल र तराई-मधेशबाट प्रतिनिधित्व गर्ने भएकाले रास्वपाले उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट