काठमाडौँ। कीर्ते कागजात बनाई रकम असुली गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन्। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि। ओखलढुंगाका तत्कालीन प्रमुख ज्ञानिन्द्र सापकोटा पक्राउ परेका हुन्।
लघुवित्त संस्थामा आबद्ध रहेका विभिन्न समुहका २ सय ५७ जना सदस्यहरुको कीर्ते तमसुक लगायत नक्कली कागजात बनाई रकम हिनामिना गरेका थिए। २ सय ५७ जनाको नामबाट तीन करोड ८४ लाख उनान्चालीस हजार तीन सय साठी रुपैया हिनामिना गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
२०७९ साल फागुन १५ गते बैकुण्ठ लुइटेलले रकम हिनामिना गरेको भनी जाहेरी दर्ता गराएका थिए।
सापकोटालाई भदौ १० गते बुढानिलकण्ठ १० कपनबाट पक्राउ गरी भदौ ११ गते आवश्यक कानुनी कारबाही लागी सम्मानित उच्च अदालत विराटनगर मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले जानकारी दिए।