स्वार्थका लागि एमाले-एकीकृत समाजवादी एक ठाउँमा-Sutra News

स्वार्थका लागि एमाले-एकीकृत समाजवादी एक ठाउँमा

मंगलबार, १२ भाद्र २०८०

मंगलबार, १२ भाद्र २०८०

काठमाडौँ। नेपाली राजनीतिमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी जत्तिको शत्रुता सायदै छैन होला। एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको शक्ति लडाइँका कारण माधव नेपालले छुट्टै दल खोलेका हुन्।



हालसम्म एमाले र एकीकृत समाजवादीबीच खास गठबन्धन बनेकै थिएन। आम निर्वाचनमा त भन्ने एमालेकै उम्मेदवारका विरुद्ध समाजवादीले उम्मेदवार उठाइदियो।

एमाले र समाजवादीको दुस्मनी यति सम्म छ कि राष्ट्रिय स्तरमा माधव नेपाल सहभागी भएको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली भरसक पुग्दैनन्। यसबारे केही दिनअघि नेपालले एक सार्वजनिक कार्यक्रममा दुखेसो नै पोखेका थिए।

उनले केपी शर्मा ओलीका कारण सरकारले आफूलाई सर्वदलीय बैठकमा नबोलाएको आरोप लगाएका थिए। राष्ट्रपतिले बोलाएको एउटा सर्वदलीय बैठकमा एमालेले बहिस्कार नै गर्यो।

यसमा माधव नेपालले आफ्नो छायाँ देखिने भएकाले एमाले सोही बैठकमा नगएको आरोप लगाएका थिए। शीर्षनेताहरुको बाकयुद्धका कारण पनि लामो समय एकअर्काबीच गठबन्धन नहुने अनुमान थियो। तर संसद्को संसदीय समितिमा भने एमाले र एकीकृत समाजवादी मिलेका छन्।

सत्ता गठबन्धनसँग एमालेले ३ संसदीय समितिमा सहमति गरेको थियो। जसका सभापतिहरू निर्वाचित बनिसकेका छन्।

जुन निर्वाचित संसदीय समितिमा एमाले र समाजवादीको मिलिभगत् छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच संसद्मा मिल्नुपर्ने बाध्यता आइलागेकाले गठबन्धन बनेको समाजवादीका उपमहासचिव प्रकाश ज्वाला बताउँछन्।

समाजवादी र एमालेबीच छुुट्टै गठबन्धन नभएकाले त्यसरी नबुझ्न पनि उनी आग्रह गर्छन्। एमालेका सांसद ऋषिकेश पोखरेल सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साह महिला तथा सामाजिक मामिला समितिको सभापतिमा निर्वाचित बनेका छन्। यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन्।

यति मात्र होइन, यी दुई अध्यक्षबीच मिनी संसद्को निर्वाचनमा पनि सँगै पुगेका थिए। प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको निर्वाचनमा उनीहरू एउटै लहरमा बसेका हुन्।

पूर्वप्रधानमन्त्रीको हैसियतमा दुवै अध्यक्षलाई सँगसँगै बस्ने बन्दोवस्त मिलाइएको थियो।एउटै लहरमा सँगै बस्दा दुबै नेताले केही असहज महसुस गरेको उनीहरूको भावभंगीले नै प्रष्ट देखाउँथ्यो।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका तर्फबाट राजकिशोर साहको उम्मेदवारी परेको थियो।

एकल उम्मेदवारी परेकाले मतदानको प्रक्रिया अघि बढाउनु परेन।सभापति चयनको विधि पु¥याउनुपर्ने भएकाले बैठकमा अध्यक्ष ओली र नेपाल पनि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट