

काठमाडौं । कलाकार गोपाल तिमल्सिनाको गाई जात्रा ‘के हुन्छ, के हुन्छ’ सार्वजनिक भएको छ । गोपाल तिमल्सिनाको अफिसियल यूट्युब च्यानलमार्फत गाईजात्रा भिडियो सार्वजनिक भएको हो ।
गाईजात्रा भिडियोमा तिमल्सिनाले विशेषतः देशमा व्याप्त भ्रष्टाचार, महँगी र बेथितिमाथि व्यंग्य गरेका छन् । उनले भ्रष्टाचारीलाई कारबाही नगरीकन देशले समृद्धि प्राप्त नगर्ने कुरा भिडियो प्रस्तुत गरेका छन् ।
गीत संगीतसँग जोडिएको भिडियोमा दशर्कले भरपुर मनोरञ्जनका साथै जानकारीमूलक थुप्रै कुरा पनि पाउनेछन् ।
यस्तो छ ‘के हुन्छ, के हुन्छ’को भिडियो