काठमाडौँ। भारतीय क्रिकेटर केएल राहुलले बुधबारबाट सुरु हुने एसिसी एसिया कपको समूह चरणको खेल गुमाउने भएका छन् ।
भारतीय टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडले राहुलले एसिया कपको समूह चरणका दुई खेल गुमाउने जानकारी दिए।
राहुले शनिबार हुने पाकिस्तान तथा सोमबार हुने नेपालसँगको खेल गुमाउने भएका हुन् । द्रविडका अनुसार केएल सुपर फोरको खेलका लागि उपलब्ध हुनेछन् ।
नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यू गर्दैछ । यो खेल बुधबार नेपाली समयअनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
नेपाल र भारतबीचको खेल श्रीलंकाको कान्डीमा हुनेछ । यो नेपाली समयअनुसार दिउँसो ३ः १५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।