माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?-Sutra News

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर र नगद कति ?

बुधबार, १३ भाद्र २०८०

बुधबार, १३ भाद्र २०८०

काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।



बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकले सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन ।

योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट