लाभांश घोषणापछि शेयर बजारमा चम्कियो माछापुच्छ्रे बैंक-Sutra News

लाभांश घोषणापछि शेयर बजारमा चम्कियो माछापुच्छ्रे बैंक

बुधबार, १३ भाद्र २०८०

बुधबार, १३ भाद्र २०८०

काठमाडौं । शेयर बजारमा झिनो अंकले गिरावट  आएकाे छ । २.८२ अंकले घट्दै बजार १९९०.५९ को बिन्दुमा अडिएको छ ।



झिनो अंकले घटेपनि मंगलबारको तुलनामा कारोबार रकम भने बुधबार उच्च रह्यो । मंगलबार ७९ करोड ६३ लाखको कारोबार भएको बजारमा बुधबार एक अर्ब १० करोड ४९ लाख रुपैयाँको भयो । ३८ लाख कित्ता शेयर किनबेच हुँदा उक्त कारोबार भएको थियो ।

बुधबार माछापुच्छ्रे बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । तीन लाख ६२ हजार ५३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० करोड बराबरको भयो ।

बुधबार मात्रै माछापुच्छ्रेले गत आर्थिक वर्षको मुनाफाका आधारमा लगानीकर्तालाई बोनश घोषणा गरेको थियो । जसको आधारमा माछापुच्छ्रे बैंकको सेयर खरिद–बिक्री उच्च रह्यो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले १३.३० प्रतिशत बोनस शेयर र कर तिर्न ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बुधबार माछापुच्छ्रे बैंकसँगै आइएमएई लाइफ इन्स्योरेन्स, लक्ष्मी सनराईज बैंक, नबिल बैंक, नेपाल टेलिकमको कारोबार उच्च रह्यो ।

सामान्य घटेको भएपनि बुधबार सिटी होटलको मूल्यमा ९.८८ प्रतिशतले बृद्धि भएको छ । सानिमा डिभेन्चर, माया खोला हाइड्रोलगायतको मूल्यमा उच्च बृद्धि छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट