पदबाट राजीनामा दिएका सुलभलाई को बाट सरक्षा जोखिम?-Sutra News

पदबाट राजीनामा दिएका सुलभलाई को बाट सरक्षा जोखिम?

बिहिबार, १४ भाद्र २०८०

बिहिबार, १४ भाद्र २०८०

काठमाडौं।  ईन्जिनिरिङ अध्ययन संस्थानको शुल्कवृद्धिको विरुद्ध अनसन बसेका नेविसंघ पुल्चोक इकाई सभापति सुलभ चापागाईंले पदबाट राजीनामा दिएका छन्।

विभिन्न १२ विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच शुल्क वृद्धि फिर्ता लगायतका विषयमा ५ बुँदे सहमति भएपछि चापागाईंले पदबाट राजनीमा दिएको घोषणा गरेका हुन्।

पाँच बुँदे सहमतिपश्चात् नेविसंघ अध्यक्ष डुजाङ सेर्पाले सुलभको अनसन तोडाएका थिए। लामो समयदेखि शुल्कवृद्धि फिर्ताको माग गर्दै अनसन बसेका सुलभले सहमति हुँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै गुनासो गरेको बताएको छ।

अनसनत तोडे लगत्तै सुलभले सामाजिक सञ्जाल फेसबुकमार्फत् इकाइ सभापतिबाट राजीनामा दिएको घोषणा गरेका छन्। सुलभका समर्थकहरुले सुलभ अनसन बसेको र विद्यार्थी संगठनले त्यसको जस लिने काम गरेको भन्दै आलोचना गरेका छन्।

सुरक्षा थ्रेट भन्दै सुरक्षा माग
सभापति पदबाट राजीनामा दिएका चापागाईंले सुरक्षाको माग गरेका छन् ।

इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिको विरोधमा ९ दिन उनी आमरण अनशन बसेका थिए।

‘अध्यक्ष दुजाङ शेर्पालाई राख्दै गर्दा डिन लगायत ईअस को कुनै पदाधिकारीको हस्ताक्षर हुँदैन भन्दै वीर हस्पिटलको क्याबिन नं ३०९  मा धम्कीपूर्ण दवाब दिँदै मलाई अनवरत सहयोग गरिरहनुभएका दाईहरू बबिन बस्नेत र रमेश केसीलाई कुटपिट र म स्वयमलाई ९ औँ दिनदेखि सत्याग्रह बसिरहेको सुलभ चापागाईंलाई धम्किपूर्ण गालिगलौजसहित भौतिक दुर्व्यवहार गरी अनशन तोड्ने परिबन्धमा पारियो,’ उनले लेखेका छन् ।

बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र प्रमुख विद्यार्थी संगठनबीच शुल्क फिर्ता लिने र अनशनलगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णयसम्बन्धी सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट