काठमाडाैं । सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्छ बैंकिङ्ग लिमिटेडको कार्यालयमा इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको हो।
यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी दिएकाे छ ।
इन्स्योरेन्सले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा मागभन्दा २.१३ गुणा बढी आवेदन परेको थियो।
मागभन्दा बढी आवेदन परेको हुनाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।