कतै मृगौलामा त समस्या छैन ? देखिन सक्छन् यस्ता लक्षण-Sutra News

कतै मृगौलामा त समस्या छैन ? देखिन सक्छन् यस्ता लक्षण

शुक्रबार, १५ भाद्र २०८०

शुक्रबार, १५ भाद्र २०८०

मृगौला हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । यसले रगत फिल्टर गर्न र शरीरबाट फोहोर पदार्थ र अतिरिक्त पानी बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेल्छ । तर, जीवनशैली र खानपानमा विभिन्न किसिमका गडबडीका कारण पछिल्ला समय मृगौलासम्बन्धी रोगको जोखिम तिव्ररुपमा बढेको छ ।



मृगौलालाई स्वस्थ राख्न सबैले निरन्तर प्रयास गर्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । मृगौलाको समस्या निकै जटिल हुन्छ, त्यसैले समयमै लक्षणहरू पहिचान गरी उपचार गर्नु निकै महत्वपूर्ण हुन्छ । आउनुहोस् जानौ मृगौलामा समस्या देखिए कस्ता लक्षण देखा पर्छ ?

मृगौला रोगको लक्षण

मृगौला रोग लाग्दा लक्षणहरु क्रमशः थपिँदै जान्छन् । मृगौलाको कार्यक्षमता कम हुँदा शरीरमा तरल पदार्थ जम्मा हुन सक्छ वा फोहोर वा इलेक्ट्रोलाइट्ससँग सम्बन्धित समस्याहरू हुन सक्छ । कहिलेकाहीँ, अन्य रोगहरूको कारण पनि तपाइँलाई मृगौलामा समस्या भएजस्तै लक्षणहरू देखा पर्न सक्छन् । सामान्यतयाः बिरामीमा यस्ता समस्या हुन्छन्, जसलाई समयमै ध्यान दिनुपर्छ ।

वाकवाकी

खाना मन नलाग्ने

थकान र कमजोरी

निद्रामा गडबडी

बारम्बार पिसाब

मांसपेशी दुखाइ

हात खुट्टा सुन्निनु

छालामा चिलाउने समस्या आउनु ।

पिसाब समस्या

स्वस्थ मृगौलाले पिसाब उत्पादन गर्न रगत फिल्टर गर्दछ । मृगौलाले राम्ररी काम नगरेको बेला, तपाईंलाई बारम्बार पिसाब फेर्नु वा पिसाबमा रगत आउनु, फिनायुक्त पिसाब आउनु जस्ता पिसाबसम्बन्धी समस्या हुन सक्छ । यस्ता समस्या केही समय रहिरहने हो भने त्यसमा गम्भीर ध्यान दिएर तुरुन्तै मृगौलाको उपचार गराउनुपर्छ ।

चिलाउने र छालाको सुख्खापन

छालामा सुक्खा र चिलाउने समस्या देखिएको छ भने पनि त्यो मृगौला रोगको समस्या हुनसक्छ । मृगौला रोगले तपाईंको रगतमा खनिज र पोषक तत्वहरूको निम्त्याउँछ, जसको कारण छालामा समस्या देखिन थाल्छ ।

रगतमा फस्फोरसको मात्रा बढी हुँदा चिलाउने समस्या हुन्छ । यस्ता छालासम्बन्धी समस्याका अन्य धेरै कारण हुनसक्ने भएता पनि धेरैजसो अवस्थामा साधारण उपचारले आराम मिल्छ । तर यदि तपाईलाई लामो समयदेखि यो समस्या छ भने तपाईले यस सम्बन्धमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।

हातखुट्टा सुन्निने

जब तपाईंको मृगौलाले शरीरबाट अतिरिक्त तरल पदार्थ र सोडियमलाई राम्ररी निकाल्न सक्दैन, यसले तपाईंको हातखुट्टा सुन्निने हुनसक्छ । त्यसैले केही समयदेखि शरीर सुन्निने समस्या देखिएमा यसका लागि चिकित्सकसँग सम्पर्क गरी उपचार गराइहाल्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट