अफ्रिदीले रोहितपछि कोहलीको पनि लिए विकेट, दबाबमा भारत-Sutra News

अफ्रिदीले रोहितपछि कोहलीको पनि लिए विकेट, दबाबमा भारत

शनिबार, १६ भाद्र २०८०

काठमाडौँ। पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले एसिया कपमा भारतविरुद्ध सानदार सुरुवात दिलाएका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ६।२ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको ओभरमा अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका हुन् । रोहितले २२ बलमा २ चौका हाने ।

सातौं ओभरको तेस्रो बलमा विराट कोहली अफ्रिदीको बलमा ५ रनमा बोल्ड आउट भए । उनी आफ्नो ब्याटमा एज लागेर बोल्ड आउट हुन पुगेका थिए ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले हराएको थियो । भारतको यो पहिलो खेल हो ।

भारतले समूह चरणको अन्तिम खेल सोमबार नेपालसँग खेल्नेछ । पाकिस्तान यस खेलमा विजयी हुँदा वा कुनै कारण रद्द भएमा पनि सुपर फोरमा पुग्नेछ । पराजित भएमा भने नेपाल र भारतबीचको नतिजाले निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट