काठमाडौँ । भारतले एसिया कपमा पाकिस्तानविरुद्ध तेस्रो विकेट गुमाएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ९।५ ओभरमा ३ विकेट गुमाउँदै ४८ रन बनाएको छ ।
भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।
अफ्रिदीको पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट भए । वर्षाको कारण रोकिएपछि फर्किएको तेस्रो बलमै अफ्रिदीले रोहितलाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । रोहितले २२ बलमा २ चौका हाने ।
हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । रौफको दशौं ओभरको पाँचौं बलमा श्रेयस ऐर मिड विकेटमा उत्कृष्ट आउट आउटको शिकार हुन पुगे । ऐरले ९ बलमा २ चौका प्रहार गरे । भारतका शुभमन गिल २१ बलमा १ चौकासहित ६ र उनलाई ईशान किशनले साथ दिनेछन् ।