सुख्खा खोकीले हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ घरमै उपचार-Sutra News

सुख्खा खोकीले हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ घरमै उपचार

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

माैसम परिवर्तनसँगै धेरै खालका स्वास्थ्य समस्याहरू भित्रिन्छन् । जसमध्ये सुख्खा खाेकी पनि एक हाे ।



माैसम परिवर्तन भइरहँदा सुख्खा खोकीकाे समस्याबाट थुप्रै मानिस पीडित हुन्छन् । विशेषगरी छातीसम्बन्धी समस्या भएका व्यक्तिलाई खाेकीले निकै जटिल अवस्थामा पनि पुर्याउँछ ।

तथापी सुख्खा खाेकीकाे उपचार घरेलु ढंगबाट पनि गर्न सकिन्छ । ध्यानपूर्वक उपचार गरेमा खाेकी सहजै निकाे पनि हुन्छ । जानाैं, खाेकीकाे कारण र उपचारबारे,,,

सुख्खा खोकीको कारण 

● हुपिङ कफ भाइरसको संक्रमणबाट यो रोग लाग्ने हुन्छ।

● कुनै पदार्थको कारणले पनि नाक र घाँटीमा एलर्जी हुँदा पनि सुख्खा खोकी लाग्न सक्छ।

● प्रदूषित वातावरणमा सास फेर्दा, धुलो वा माटोको कारणले सुख्खा खोकी लाग्नसक्छ ।

● यदि तपाईलाई टिबि वा दम जस्ता रोगहरू छन् भने पनि सुख्खा खोकी लाग्न सक्छ।

● फोक्सोको क्यान्सर भए पनि सुख्खा खोकी लाग्ने सम्भावना धेरै हुने गरेको छ ।

सुख्खा खोकीकाे घरेलु उपचार

महको सेवन : आयुर्वेदमा महलाई निकै महत्वपूर्ण मानिएको छ । यसको प्रयोगले धेरै प्रकारका रोग निको हुन्छ । सुख्खा खोकीका कारण घाँटी दुख्ने समस्यालाई महले कम गर्छ। सुक्खा खोकी लाग्दा एक गिलास मनतातो दूधमा मह मिसाएर पिउनुहोस् । यसबाट छिट्टै आराम मिल्नेछ ।

अदुवाकाे प्रयाेग : अदुवाले रुघाखोकीको समस्यालाई हटाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अदुवाको सानो टुक्रा लिनुहोस् र यसको सबै रस निकाल्नुहोस् । त्यसपछि यसलाई छान्नुहोस् र समान मात्रामा मह मिसाउनुहोस् । तपाइँ यसलाई नियमितरूपमा दुईदेखि तीन दिनसम्म लिनुपर्छ । यसको निरन्तर प्रयोगले तपाईको खोकी छिट्टै निको हुन्छ ।

तुलसीको सेवन  : तुलसीमा एन्टी-ब्याक्टेरियल गुण पाइन्छ । जसले संक्रमणको जोखिमलाई कम गर्छ । भाइरस र ब्याक्टेरियाको प्रभावलाई कम गर्ने काम गर्छ । यदि तपाईलाई सुख्खा खोकीले धेरै समस्या छ भने तुलसीको झाेल बनाएर सेवन गर्न सक्नुहुन्छ । यसका अलावा तुलसीको पातको रस अदुवाको रस र महमा मिसाएर सेवन गर्दा पनि धेरै फाइदा हुन्छ ।

नुन पानी :  नुन पानीमा धेरै प्रभावकारी गुण हुन्छ। यसले घाँटीको दुखाइ कम गर्छ र खोकीबाट पनि राहत दिन्छ। तपाईंले एक गिलास मनतातो पानीमा थोरै नुन हालेर १५ मिनेट कुल्ला गर्नुहोस्, यसले पनि तपाईंलाई धेरै फाइदा हुन्छ।

कागती : कागतीमा भिटामिन सी पाइन्छ, जसले कफको संक्रमणलाई छिट्टै निको पार्ने काम गर्छ। २ चम्चा कागतीको रसमा १ चम्चा मह मिसाएर दिनमा २–३ पटक पिउनुहोस्, खोकी छिट्टै कम हुन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट