सुपर फोरमा पुग्न भारतलाई हराउनै पर्ने दबाबमा नेपाल-Sutra News

सुपर फोरमा पुग्न भारतलाई हराउनै पर्ने दबाबमा नेपाल

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौं। एसिया कप अन्तर्गत सोमबार नेपाल र भारतबीचको विजेताले सुपर चारमा स्थान बनाउनेछ। सुपर फोरमा पुग्नका लागि नेपालले सोमबारको खेल जित्नैपर्ने दबाव छ।



यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ।

भारतविरुद्ध पनि नेपालले सुरुवातदेखि नै अनुसाशित बलिङ गर्न पर्ने देखिन्छ। यस्तै ब्याटिङमा नेपालले भारतीय बलरविरुद्ध अपनाउनु पर्ने रणनीतिमा ध्यान दिनु पर्नेछ। विशेषगरी नेपाली ब्याटरका लागि तीव्र गतिका बलरको सामना गर्नु चुनौतीपूर्ण हुनेछ।

भोलि भारतीय टिम कप्तान रोहित शर्मा विरुद्ध नेपाली टिमका कप्तान रोहित पौडेल आमनेसामने हुँदैछन्। कप्तान रोहित पौडेलले शर्मालाई आफ्नो आइडल समेत मान्ने गरेका छन्।

पाकिस्तानविरूद्ध पनि नेपालले सुरुवातमा राम्रो बलिङ देखाएको थियो। तर अन्तिम ओभरतिर पाकिस्तानी ब्याटसम्यान नेपाली बलरमाथि हाबी भएका थिए।
ब्याटिङमा पनि नेपाली ब्याटरले पाकिस्तानी बलरसामू खुलेर खेल्न सकेनन्।

शनिबार श्रीलंकाको पेल्लेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनाएको थियो।

उसका लागि इसान किशान र हार्दिक पाण्ड्याले क्रमशः ८२ र ८७ रनको अर्धशतकीय पारी खेले।

जसप्रित बुमराहले १६, रविन्द्र जडेजा र श्रेयस अय्यरले समान १४ रन बनाउँदा रोहित शर्माले ११, शुभमन गिलले १० रन जोडे।

कुलदीप यादव र विराट कोहलीले समान ४ रन बनाउँदा शार्दुल ठाकुरले ३ र मोहम्मद सिराजले नटआउट १ रन बनाए।

बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफरिदीले चार तथा नसीम शाह र हरिश रौफले समान तीन–तीन विकेट लिए।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट