भीम उपाध्यायलाई पूर्णमायाले दिइन् माफी, आखिर के कारण बन्यो सहमतिको वातावरण?(सहमतिपत्रसहित)-Sutra News

भीम उपाध्यायलाई पूर्णमायाले दिइन् माफी, आखिर के कारण बन्यो सहमतिको वातावरण?(सहमतिपत्रसहित)

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय र चितवन भरतपुर महानगरपालिका–१६ की पूर्णीमाया गुरुङबीच सहमति भएको छ ।

पूर्वसचिव उपाध्यायले गुरुङको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा गोरुको मासु खाने भनेर राखेको पोष्टबारे माफी मागी आगामी दिनमा यस्तो क्रियाकलाप नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेसँगै विवाद सुल्झिएको हो ।

आज काठमाडौंमा भीम उपाध्यायसँग सहमति भएपछि गुरुङ उपाध्यायविरुद्ध दिएको उजुरी पनि फिर्ता लिने भएकी छन् । काठमाडौंको तमु छोज धीँ, गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय कार्यालयमा उपाध्यायले माफी मागेपछि उनले सहमति पत्रमा हस्ताक्षर गरेकी थिइन् ।

धरानमा गौ हत्यापछि उनीहरुको विवाद सुरु भएको थियो। एक वर्षअघि पूर्णमायाले मासु खाएको फोटो उपाध्यायले सामाजिक सन्जालमा राखेका थिए। उनले त्यो फोटो गाईको मासु खाएको भन्दै प्रचार गरेका थिए।

पूर्णमायाले उपाध्यायलाई सामाजिक सन्जालमा राखेको फोटो संशोधन गर्न भनेकी थिइन्। तर एकपछि अर्को त्यही फोटो उपाध्याय सामाजिक सन्जालमा राखेपछि पूर्णमायाले मुदद हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट