पोखरेल र पौडेलको प्रतिष्ठाको लडाइँ बनेको एमाले लुम्बिनी अधिवेशन-Sutra News

पोखरेल र पौडेलको प्रतिष्ठाको लडाइँ बनेको एमाले लुम्बिनी अधिवेशन

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

मुस्ताङ– नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तगर्तत आज (सोमबार) बिहानबाट निर्वाचन प्रक्रिया पुनः सुरु हुने भएको छ । बिहान १० बजेदेखि उम्मेदवारी दर्तालगायत निर्वाचनका सबै प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए।

अध्यक्ष ओलीको निर्देशन समेत लत्याएर उनीहरु चुनावी मैदानमा उत्रिएका हुन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले प्रदेश अधिवेशनलाई प्रतिष्ठाको लडाइँ बनाएको बताइन्छ।

उम्मेदवारी मनोनयन चलिरहेका बेला निर्वाचन कमिटीले आइतबार साँझ साढे ८ बजेदेखि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीमा दुई–दुई जनाको उम्मेदवारी परेपछि अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको थियो ।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी मनोनयन गरेका छन् । कँडेल वर्तमान अध्यक्ष हुने भने रिजाल केन्द्रीय सदस्य हुन् ।

त्यस्तै उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वास बराल (अनुप)ले उम्मेदवारी दिएका छन्। अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समिति चयन गर्नेछ। दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
२०५ सदस्यीय प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपाङ्गबाट एक, मजदुरबाट ३, खुलाबाट पदाधिकारीसहित १५ जना निर्वाचित हुने छन् । पदाधिकारी ५ जना हुनेछन् ।

अधिवेशनमा १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट एक सय जना बराबर एक जना र २३ वटा जनसंगठनबाट ८३ जना गरी १००४ जना प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनमा रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । अधिवेशनले यसअघि ५ सय ७६ सदस्यीय रहेको प्रदेश कमिटीलाई २०५ सदस्यीय बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट