दूधको चियाभन्दा हरियो चिया निकै फाइदाजनक, जान्नुहोस् कारण-Sutra News

दूधको चियाभन्दा हरियो चिया निकै फाइदाजनक, जान्नुहोस् कारण

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

एसियाका प्रायः देशमा बिहान उठ्ने बित्तिकै अधिकांशले चिया पिउने गर्दछन् । सबैको दैनिकी नै चियाबाट नै सुरू हुने गर्छ ।



चिया पिउनेमध्ये अधिकांश दुधको चिया पिउन मनपराउँछन् । दुधमा प्रोटिन र क्यालोरी पनि हुने विश्वास मानिसहरुमा देखिन्छ ।

तथापी, स्वास्थ्य विज्ञानले दुधको चिया पिउनुभन्दा हरियो चिया ‘ग्रीन टी’ पिउनु निकै नै फाइदाजनक भएको तथ्य भेटाएको छ । ग्रीन टी पिउने व्यक्तिको शरीरका थुप्रै खालका समस्याहरु समाधान हुने पनि बताइएको छ । जसले तनाव मात्रै कम गर्दैन, शरीरका अनावश्यक समस्या पनि हल गर्ने बताइएको छ ।

नियमित ग्रीन टी पिउने व्यक्तिको तौल पनि घट्ने बताइएको छ ।

जुनसुकै चियामा पनि क्याफिन हुने गर्दछ । क्याफिन मात्राअनुसार त्यसले शरीरलाई प्रभाव पार्दछ । दुधको चियामा ल्याक्टोजको मात्रा बढी हुने हुनाले धेरै मानिसको शरीरमा प्रभाव पार्ने गर्दछ ।

ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले गर्दा मेटाबोलिजममा सुधार हुन्छ । त्यसैले दूधको चियाभन्दा ग्रीन टीको सेवन फाइदाजनक छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट