काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुन तोलामै चार सय रुपैयाँले बृद्धि भएको छ ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुन प्रतिताेला एक लाख १२ हजार ६०० रुपैयाँ थियाे भने तेजाबी सुन एक लाख १२ हजार ५० रुपैयाँ थियाे ।
तथापी, शुक्रबारकाे तुलनामा आइतबार पनि सुनचाँदीको मूल्य बढेको थियो ।
महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबारको तुलनामा सोमबार तोलामा पाँच रुपैयाँले बढ्दै चाँदीको मूल्य एक हजार ४६५ रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा मूल्य बृद्धि हुँदा नेपाली बजारमा पनि प्रभाव परेको महासंघको भनाई छ ।