भारतविरुद्धको खेलमा नेपाललाई झड्का, कुशल भुर्तेल आउट-Sutra News

भारतविरुद्धको खेलमा नेपाललाई झड्का, कुशल भुर्तेल आउट

सोमबार, १८ भाद्र २०८०

सोमबार, १८ भाद्र २०८०

काठमाडौँ। एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् । नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमाएको छ ।

कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । ओपनर आसिफ शेख २२ रनका साथ क्रिजमा छन् भने उनलाई साथ दिन भीम सार्की आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट