काठमाडौं । दोस्रो बजारमा वाणिज्य बैंकहरुको अवस्था निकै कमजोर देखिएको छ । १९ सयको बिन्दुमा शेयर बजार झर्दा अधिकांश वाणिज्य बैंकको मूल्य तीन सयभन्दा तल झरेको छ ।
सोमबारसम्म आउँदा दोस्रो बजारमा कारोबार भइरहेका १९ वाणिज्य बैंकमध्ये १४ बैंकको मूल्य तीन सयभन्दा तल छ । जसमध्ये छ बैंकको मूल्य भने दुई सयभन्दा पनि कम छ ।
बैंकहरुमा सबैभन्दा तल कुमारी बैंकको मूल्य छ भने सबैभन्दा माथि एनआईसी एसिया बैंकको छ । कुमारीको प्रतिकित्ता शेयर मूल्य १५७ रुपैयाँ हुँदा एनआईसी एसियाको प्रतिकित्ता ७८३ रुपैयाँ छ । कुमारीको मूल्य हालसम्मकै सर्वाधिक कम हो भने एनआईसी एसियाको भने सरदरमा राम्रै हो ।
गत आर्थिक वर्षको वित्तिय विवरणका आधारमा कुमारी र प्राइम कमर्शियलको नाफा घटेको छ भने अन्यको भने नाफामा उछाल छ । गत आर्थिक वर्षको विवरणअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक छ भने कुमारी बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ ।
तथापी, इपिएस रेटिङ्ग र नाफा वितरण गर्न सक्ने हिसाबले हिमालय बैंक र प्रभु बाहेक अरु सक्षम देखिन्छन् । नाफा वितरणमा सक्षमको हिसाबले एभरेष्ट बैंक, एनआईसी एसिया, स्टाडर्ड चाटर्ड बैंक निकै मजबुद छन्, तथापी उनीहरुको पनि मूल्य अपेक्षित छैन ।
कुनको मूल्य कति छ ?
दुई सयभन्दा मुनि
कुमारी बैंक : १५७
प्रभु बैंक : १६१
नेपाल इन्भेष्टमेन्ट मेघा बैंक : १७६
प्राइम कमर्शीयल बैंक : १८१
सिटिजन्स बैंक : १८४
लक्ष्मी सनराईज बैंक : १८४
तीन सयभन्दा मुनि
ग्लोबल आईएमई बैंक : २०३
हिमालयन बैंक : २०४
एनएमबी बैंक : २२०
नेपाल बैंक : २५१
सिदार्थ बैंक : २६१
कृषि विकास बैंक : २५४
माछापुच्छे् बैंक : २६६
सानिमा बैंक : २९५
तीन सयभन्दा माथि
नेपाल एसबिआई बैंक : ३३१
स्टाण्डर्ड चार्टर बैंक : ५५४
नबिल बैंक : ५८४
एभरेष्ट बैंक : ५९७
एनआईसी एसिया बैंक : ७८३