काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । निरन्तर बृद्धिका बीच नेपाली बजारमा केही रकमले मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाएअनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँ छ भन भने तेजावी प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ छ ।
यसअघि सोमबार छापावाला सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको थियो भने तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ पुगेको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामै २० रुपैयाँले चाँदीको मूल्य घटेको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार ४४५ रुपैयाँ पुगेको छ ।
अन्तराष्ट्रिय बजारमा भइरहने घटबढ र आन्तरिक बजारमा हुने मागले मूल्यमा प्रभाव पार्ने महासंघको भनाई छ । केही दिन यता सुनको मूल्य बढिरहेको थियो ।