सास गनाएर हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ उपचार-Sutra News

सास गनाएर हैरान हुनुहुन्छ ? यसरी गर्न सकिन्छ उपचार

मंगलबार, १९ भाद्र २०८०

मंगलबार, १९ भाद्र २०८०

कतिपय मानिसहरू सास गन्हाएर हैरानमा हुन्छन् । उनीहरूकाे सास गन्हाउने समस्याले उनीहरू भन्दा अरूलाई असर गर्छ । जसकाे कारण उनीहरूकाे वरिपरि काेही पर्न नै मान्दैनन् । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ ।



सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपचारले यो समस्याबाट मुक्ति दिन्छन् ।

जान्नुहाेस् यसरी गर्न सकिन्छ उपचार

१ ग्रीन टी

ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

२ बेस्सरी पानी पिउनुस्

पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप

ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस

एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची

अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट