काठमाडौँ । भारतीय क्रिकेट बोर्ड बीसीसी आईले घरेलु मैदानमा हुने विश्वकपका लागि टिम घोषणा गरेको छ ।
भारतले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । हार्दिक पाण्ड्या उपकप्तान छन् ।
एसिया कप खेल्ने टोलीमा श्रीलंकामा रहेका मध्ये तिलक बर्मा, प्रशिद्ध कृष्ण र सन्जु सामसन टिममा छैनन् ।
सार्दुल ठाकुर र केएल राहुलले टिममा स्थान बनाएका छन् । चोटका कारण केएल राहुल टिममा पर्नेमा शंका थियो ।
खेलाडी चयन समितिका अध्यक्ष अजीत अगरकरले श्रीलंका पुगेर प्रशिक्षक राहुल द्रबिड र कप्तान रोहित शर्मासँग बैठक गरेपछि टिम घोषणा गरिएको हो ।
५ अक्टुबरमा सुरु हुने विश्वकप क्रिकेटको फाइनल खेल १९ नोभेम्बरमा हुने छ । आयोजक भारतले आफ्नो पहिलो खेल ८ अक्टोबरमा अष्ट्रेलियासँग खेल्ने छ ।