काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलरकाे भाउ बढेकाे छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा र विक्रिदर १३३ रुपैयाँ १७ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ ४७ पैसाले बढेको हाे ।
यस्तै, युरो १ को खरिद दर १४२ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ८४ रुपैयाँ ७६ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५२ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७९ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ छ भने बिक्री दर ९ रुपैयाँ ०४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २३ पैसा छ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५२ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २६ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ।
भारतीय रुपैयाँको दर भने परिवर्तन भएकाे छैन । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।