काठमाडौं । शेयर बजार क्रमिकरुपमा ओरालोमा देखिन्छ । मंगलबारसम्म आउँदा बजार १९६१.३७ को बिन्दुमा ओर्लिएको छ ।
बजार केही सातादेखि नै ओरालोमा छ । योबीचमा सोमबार एकल अंक ७.०४ ले बढेको भएपनि त्यसको खास प्रभाव रहेन ।
मंगलबार पुनः ६.४५ अंकले घटेको बजारमा सबैभन्दा महत्वपूर्ण कुरा लगानीकर्तामा निकै निराशा देखिएको छ । मंगलबार करिब एक वर्ष यताकै सर्वाधिक कम कारोबार भएको छ ।
गत वर्षको असोज÷कात्तिकमा बजारमा निकै सुस्तता छाएको थियो । जसको प्रभाव अहिले देखिन थालेको छ ।
मंगलबार कारोबार रकम ७० करोड ९८ लाख रुपैयाँको मात्रै रह्यो । जुन एक वर्ष यताकै सर्वाधिक कम हो । जसले बजारमा लगानीकर्ता निकै निराश रहेको देखाउँछ । यसअघि भदौ १२ मा पनि ७९ करोड ६३ लाख रुपैयाँको मात्रै कारोबार भएको थियो ।
पुँजी बजारलाई सहयोग गर्ने गरी सरकार र केन्द्रीय बैंकले कुनै कार्यक्रम नल्याउँदा बजार क्रमशः सुस्ताउँदै गरेको देखिन्छ । यसले आगामी समय थप सुस्ताउने पनि संकेत गरेको छ ।