काठमाडौँ। एसिया कपको ‘सुपर फोर’को पहिलो खेलमा पाकिस्तानले सहज जित निकालेको छ।
गएराति पाकिस्तानले घरेलु मैदानमा बंगलादेशमाथि ७ विकेटको सहज जित निकालेको हो।
पञ्जाबको गद्दाफी स्टेडियममा १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९.३ ओभर खेल्दै तीन विकेटको क्षतिमा भेटाएको थियो।
पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ७८ रन बनाए। ८४ बल खेलेका उनले पाँच चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै मोहम्मद रिजवानले ७९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै नट आउट ६३ रन जोडे। अर्का ओपनर फखर जमनले ३१ बलमा ३ चौका प्रहार गरी २० रनको योगदान गरे।
कप्तान बाबर आजमले बंगलादेशविरूद्धको खेलमा १७ रनमात्रै बनाए भने अघा सलमानले नट आउट १२ रनको योगदान गरे।
बलिङतर्फ बंगलादेशका तास्किन अहमद, शोरिफुल इस्लाम र मेहिदी हसन मिराजले एकरएक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा अल आउट हुँदै १९३ रन बनाएको थियो।
बंगलादेशका कप्तान शकिब अल हसन र मुशफिकर रहिमले अर्धशतक बनाए। कप्तान हसनले ५७ बलमा ७ चौका प्रहार गर्दै ५३ रन बनाए भने रहिमले ८७ बलमा ५ चौकाको मद्दतबाट ६४ रनको योगदान गरे।
ओपनर मिराज डक आउट हुँदा अर्का ओपनर मोहम्म नेमले २० रन बनाए। त्यस्तै लिटोन दासले १६, शमिम हुसेनले १६ अफिफ हुसेनले १२ रन जोडे।
बलिङतर्फ पाकिस्तानका हरिश रौफले ४ विकेट, नसिम शाहले ३ विकेट, शहिन शाह अफ्रिदी र फहिम अस्रफले एकरएक विकेट लिए।
जितसँगै पाकिस्तानले सुपर फोर यात्रा सहज बनाएको छ। अब उसले श्रीलंका र भारतसँग खेल्नेछ। सुपर फोरको दोस्रो खेल भारत र पाकिस्तानबीच १० सेप्टेम्बर ९आइतबार० हुनेछ। श्रीलंकासँग १४ सेप्टेम्बरमा खेल्नेछ।
यसअघि समूह चरणमा आमनेसामने भएका भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो।
सुपर फोरका शीर्ष दुई टिमले १७ सेप्टेम्बरमा उपाधिका लागि भिड्नेछन्।