

काठमाडाैं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार निधन भएको कांग्रेस नेता सुशील भट्टले बताए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसकाे काठमाडौं- ७ का क्षेत्रीय सभापति पनि हुन् ।
वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् ।