मोटोपना घटाउन के गर्ने ? यस्ता छन् डा. ओममुर्ति अनिलका ८ टिप्स-Sutra News

मोटोपना घटाउन के गर्ने ? यस्ता छन् डा. ओममुर्ति अनिलका ८ टिप्स

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडाैं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल केही उपाय प्रयाेग गरे सहजै ताैल घटाउन सकिने बताउँछन् । तर, त्यसको लागि निरन्तर प्रयास गर्नुपर्ने उनको भनाई छ ।



उनले मोटोपना भएमा के गर्ने भन्नेबारे आफ्नो सुझाव पनि अघि सारेका छन् । उनकाअनुसार मोटोपना भएमा ध्यान दिनुपर्ने कुरामा खानेकुरादेखि व्यायामसम्म रहेका छन् ।

ओममुर्ति अनिलका ८ टिप्स यस्ता–

१. प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुपर्छ ।

२. प्रतिदिनदको हिँडाईमा १० देखि २५ प्रतिशसम्म बढाएर बढि क्यालोरी खर्च गर्नुपर्छ ।

३. तपाईको तौल र चाहिने तौल पत्ता लगानुहोस् ।

४. मोटोपना भएमा प्रति महिना १ किलोको दरले तौल घटाउने योजना बनाउनुहोस् ।

५. वर्षमा १० किलो भन्दा बढि तौल घटाउनुहुँदैन् ।

६. चिल्लो र गुलियो खाना कम खानुहोस र फलफुल तथा सागसब्जी बढि खानुहोस् ।

७. सुगर, रक्तचाप र कोलेस्ट्रोलको नियमित जाँच गर्नुहोस् ।

८. प्रयास गरेपनि तौल घटेन भने निराश नहुनुहोस । शुरुको १/२ महिनामा तौल नघट्न सक्छ र पछि निरन्तर प्रयास गर्दा घट्न थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट