काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबारको तुलनामा तोलामै चार सय रुपैयाँले घट्दै बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
भदौ १८ मा एक लाख १३ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता भने निरन्तर ओरालोमा छ ।
छापावाल सुनको मूल्य घटिरहँदा तेजाबी सुनको मूल्य पनि घटिरहेको छ । बिहीबार नेपाली बजारमा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम रहेको छ ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घट्दो क्रममा छ । बिहीबारसम्म आउँदा चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँ पुगेको छ ।
यसअघि बुधबार चाँदी एक हजार ४३० रुपैयाँ थियो ।