प्राइम बैंकले ग्राहकहरूकाे खाता नम्बर परिवर्तन गर्ने-Sutra News

प्राइम बैंकले ग्राहकहरूकाे खाता नम्बर परिवर्तन गर्ने

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्ना ग्राहकहरुको खाता नम्बर परिवर्तन गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको जानकारी गरेको हो ।



नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिने र मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपीएसलगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिने बैंकले जनाएको छ ।

अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ ।

यसैगरी बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते (शुक्रबार) राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटीएम, मोबाइल बैंकिङलगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ ।

शनिबारदेखि नयाँ खाता नम्बर सञ्चालनमा आउने हुँदा धितोपत्र दलाल व्यवसायीक (स्टक ब्रोकर) तथा हितग्राही खाता (डिम्याट) मा जस्ता अन्य सबै निकायहरू प्रयोग भएका स्थानहरुमा भने ग्राहक आफैँले नयाँ अद्यावधिक गराउनुपर्ने बैंकले जनाएको छ । यस सम्बन्धमा ग्राहकरुलाई थप जानकारीका लागि प्राइम कमर्सिैयल बैंकले नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट