जी मोटर्सले भित्र्यायो प्रिमियम विद्युतीय ब्रान्ड स्काइवेल, फुल चार्जमा ६२० किलोमिटर-Sutra News

जी मोटर्सले भित्र्यायो प्रिमियम विद्युतीय ब्रान्ड स्काइवेल, फुल चार्जमा ६२० किलोमिटर

बिहिबार, २१ भाद्र २०८०

बिहिबार, २१ भाद्र २०८०

काठमाडौं । जी मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय ब्रान्डको गाडी नेपालमा भित्र्याएको छ । मोटर्स प्रा.लि.ले चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काइवेल नेपाल भित्र्याएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आधिकारिक बिक्रेता जी मोटर्सले गाडीको बुकिङसमेत खुल्ला गरेको जनाएकाे छ ।



विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी नेपाल ल्याएको प्रवन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की, रसिया लगायत ४८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ ।

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने दावी गरिएको स्काइवेलको विद्युतीय एसयूभी ईटी ५ भित्र्याएको हो । स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने गेलालले जानकारी दिए ।

स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक छ । यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो । ‘यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको छ,’ गेलालले भने, ‘यस्को टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी छ । जसले उपभोक्तालाई उच्च गतिको सवारी ड्राइभिङ अनुभूति दिलाउने छ ।’

स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित एक्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्छ ।

२०७४ मा स्थापना भएको जी मोटर्सले यस अघि नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । जी मोटर्सले काठमाडौं र इटहरिमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ । यो गाडीको मूल्य १ करोड ९ लाख रुपैयाँ रहेको गेलालले जानकारी दिए । ‘गाडीको विशेषता र प्रविधिअनुसार यो मूल्य सस्तो हो,’ उनले भने ।

पछिल्लो समय विद्युतीय सवारीप्रति बढ्दो उपभोक्ता चाहनालाई सम्बोधन गर्न जी मोटर्सले जी इभीमार्फत स्काइवेल ब्रान्ड ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए।

बुकिङ खुला भइसकेकाे याे गाडी नाडा अटाे शाेमा पनि देख्न पाइने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट