फेरि बढ्यो सुनको मूल्य-Sutra News

फेरि बढ्यो सुनको मूल्य

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । बिहीबारकाे तुलनामा तीन सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ पुगेकाे छ ।



यसअघि बिहीबार चार सय रुपैयाँले घट्दै सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ कायम भएको थियो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ पुगेको छ ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेको घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य केहि दिनदेखि नै घटिरहेको छ ।

बुधबार एक हजार ४३० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार आउँदा एक हजार ४१० रुपैयाँ कायम थियो । जसको तुलनामा प्रतितोला पाँच रुपैयाँले शुक्रबार मूल्य घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट