काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो–शोमा अरबानीया माइक्रो बस लञ्च गर्ने भएको छ । अरबानीय माइक्रो बस भारतमा अत्याधिक रुचाइएको गाडी मध्येमा पर्छ । नेपालमा आयातित माइक्रोबसहरु मध्ये सबैभन्दा उत्कृष्ट सुविधा आरबानीयामा रहेको आयाम इन्टरकन्टिनेटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो माइक्रो बस कार जस्तै आरामदायी र सुबिधा सम्पन्न रहेको बताइएको छ ।
पर्यटन तथा होटल व्यवसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु, कुटनीतिक निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागी यो माइक्रो बस उपयुक्त हुने कम्पनीले बताएको छ । यो माइक्रोबस विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको बताइएको छ । सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङ्गहरुमा यो गाडी अब्बल मानियको छ ।
ड्युल एअर ब्याग यूक्त यस गाडीमा एरोडाइनामीक क्रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्कीन बडी कन्सट्रक्सन, स्टाइलीस डिआरएल हेड ल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल एसी सिस्टम, अलराउण्ड भिजीबिलीटी स्क्रिन, टेलीसकोपीक स्टेरीङ्ग, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दुवैका लागि चार्जीङ्ग पोर्टको व्यवस्था जस्ता सुविधा रहेको कम्पनीले बताएको छ ।
स्लाइडिङ्ग डोर सहितको तीन ढोका युक्त यो गाडीमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् ।