मह सेवन गर्दा फाइदै फाइदा, जान्नुहोस् महबाट हुने २१ फाइदा-Sutra News

मह सेवन गर्दा फाइदै फाइदा, जान्नुहोस् महबाट हुने २१ फाइदा

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

मह सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । महले मान्छेको स्मरण शक्ति तेज बनाउनुका साथै अनेक रोग निकाे पार्न औषधीको रूपमा काम गर्छ ।



हाम्रो शरीरका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमज जस्ता तत्व प्रशस्त मात्रामा  महमा पाइन्छ । त्यसैले पनि मह सेवन गर्नु आवश्यक छ ।

मह दैनिक जीवनमा कति आवश्यक छ भनी यहाँ चर्चा गरिएकाे छ ।

महका फाइदा यस्ता

– महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

– महमा ग्लुकोज पाइन्छ । महमा पाइने भिटामिन र सुगर शरीरभित्र पसेपछि छिट्टै घुल्छन् र अन्य मिष्टान्न परिकारले जस्तो नराम्रो परिणाम देखाउँदैन ।

– खोकी लागेको छ भने अदुवाको रसमा मह मिसाएर खाने गर्नाले निको जान्छ ।

– सुक्खा खोकी लागेको बेला कागतीको रसमा मह मिसाई खाने गर्नाले आराम मिल्छ । कागतीको रस छैन भने महमात्रै खाँदा पनि खोकी लाग्ने क्रम तत्काल घट्न जान्छ ।

–आलस्य भयो अथवा वाकवाकी आउन लागेजस्तो भयो भने मह खानाले आराम हुन्छ ।

– कब्जियतको समस्या छ भने गोलभेँडा अथवा सुन्तलाको रसमा एक चम्चा मह मिसाएर खाने गर्नाले कब्जियत ठिक हुँदै जान्छ ।

– दुब्लाएर हैरान हुनुहुन्छ र मोटाउन खोजिरहनुभएको छ भने राति दूधमा मह हालेर पिउने गर्नाले मोटाइन्छ ।

– शरीरका मांसपेशी बलियो बनाउन, रक्तचापलाई नर्मल राख्न, रगतमा हेमोग्लोबिनको मात्रा बढाउन पनि मह खाने गरिन्छ ।

– जीउ आलस्य भइरहने, हाई आइरहने गर्छ भने तपाईँलाई रक्तअल्पता भएको हुनसक्छ । मह खानाले यस्तो समस्या हटेर जान्छ ।

– शरीरको वजन घटाउन चाहनुहुन्छ भने बिहान मनतातो पानीमा कागतीको रस र मह हालेर नियमित खाने गर्नुपर्छ । बिहान महपानी खानाले दिउँसो कम भोक लाग्छ, जसले गर्दा वजन बढ्न पाउँदैन ।

– हाडजोर्नी दुख्ने, जाडोमा जीउ कटकटी खाने गर्छ भने महमा दालचिनीको पाउडर मिसाएर दुःखेको ठाउँमा मसाज गर्नाले आराम हुन्छ ।

– रुघाखोकी लागेको छ, हाच्छिउँ आइरहेको छ भने मह, अदुवा र तुलसीको पातको रस बराबर मात्रामा मिसाएर खाने गर्नाले आराम हुन्छ ।

– राति राम्रोसँग निद्रा लाग्दैन भने सुत्नुअघि दुई चम्चा मह खाने गर्नाले निद्रा लाग्छ ।

– गर्भवतीले मह खाने गर्नाले पेटमा भएको बच्चा शारीरिक र मानसिक रूपमा बढी स्वस्थ हुन्छ ।

– आगो अथवा तातो वस्तुले छाला जलेको ठाउँमा अथवा काटेको ठाउँमा मह लगाउनाले आराम मिल्छ ।

– दिनहुँ मह खाने गर्नाले दिमाग तेजिलो बन्दै जान्छ ।

– महलाई अनारको रससँग मिसाएर खानाले मानसिक समस्या, सुस्तता, निराशा र मानसिक थकान क्रमशः कम हुँदै जान्छन् ।

– सुन्दरताका लागि पनि मह लाभदायक हुन्छ । आँखावरिपरि डार्क सर्कल छ अथवा आँखा वरिपरिको भाग सुनिएजस्तो देखिएको छ भने मह र बदामको तेल बराबर मात्रामा मिसाई आँखा वरिपरिको छालामा सुत्ने बेलामा दल्ने र बिहान उठेर धुने गर्नुपर्छ ।

– अनुहार, छाती आदिमा चाउरी देखापर्न थालेको छ भने पाकेको आधा एभोकाडोमा एक चम्चा मह मिएर चाउरी परेको ठाउँमा दली २० मिनेटपछि धुने गर्नाले चाउरी हराउँदै जान्छ ।

– नियमित दाह्री काट्दा छाला खस्रो भएको अथवा दाग देखापरेको छ भने दाह्री काटेपछि त्यस्तो ठाउँमा मह दलेर १५ मिनेटपछि पखाल्ने गर्नुपर्छ ।

– सातामा एक पटक नरिवलको तेलमा मह बराबर मात्रामा मिसाई कपालको जरासम्म पुग्ने गरी मसाज गरी २० मिनेटपछि कपाल धुने गर्नाले कपाल चम्किलो बन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट