किन चीन आउँदैछन् भेनेजुएलाका राष्ट्रपति मादुरो ?-Sutra News

किन चीन आउँदैछन् भेनेजुएलाका राष्ट्रपति मादुरो ?

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडाैं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो साताव्यापी चीनको राजकीय भ्रमणमा बिहीबार कराकसबाट बेइजिङ आउँदै छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसले यही सेप्टेम्बर ८ देखि १४ सम्म चीनको राजकीय भ्रमण गर्नेछन् ।



अन्तरराष्ट्रिय रूपमा एक्ल्याइएको तेल– धनी राष्ट्र भेनेजुएलाकासँग बेइजिङको घनिष्ठ सम्बन्ध छभने काराकसको मुख्य ऋणदातामध्येको चीन एक हो । चीनले भेनेजुएलाको चेतावनीलाई समर्थन गरेको छ जसलाई यो देशमा विदेशी हस्तक्षेपको घोर विरोध गर्ने भेनेजुएलाप्रति बेइजिङको पूर्ण समर्थन रहेको छ । वर्षौँदेखि सङ्कटमा परेको उसको अर्थव्यवस्थालाई उजिल्याउन भरथेग गर्दै आएको छ ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले यसैसता शाङ्घाई र बेइजिङको भ्रमण गरेका थिए । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । वर्षाैंपछि काराकासबाट उच्च अधिकारीले गरेको यो नै पहिलो भ्रमण हो ।

“चीन र भेनेजुएलाले अटूट मित्रता कायम गरेका छन्, चीनले भेनेजुएलाको राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय मर्यादाको रक्षा गर्न दृढतापूर्वक समर्थन गर्दछ,” विदेशमन्त्री वाङले भनेका छन् ।

यसैबीच ब्लूमबर्गका अनुसार यो भ्रमणको उद्देश्य बेइजिङबाट लगानी सुरक्षित गर्नु तथा भेनेजुएला र चिनियाँ पेट्रोलियम कम्पनीहरूबीच सम्भावित संयुक्त लगानीबारे छलफल गर्नु हो । काराकासले लामो समयदेखि बेइजिङसँग आफ्नो संकटग्रस्त अर्थतन्त्रलाई सुदृढ बनाउन मद्दत माग्दै आएको छ ।

राष्ट्रपति मदुरोले अन्तिम पटक २०१८ मा बेइजिङको भ्रमण गरेका थिए । आजदेखि हुने उनले चीन भ्रमण दशौँ हो ।

उनले राष्ट्रपति सीको ‘मानवताको लागि साझा गन्तव्य’दृष्टिकोणको प्रशंसा गर्दै आएका छन् । संयुक्त राज्य अमेरिकाविरुद्ध बारम्बार आवाज उठाउँदै आउनुभएका भेनेजुएलाका नेताले चीनसँग आर्थिक सहयोग एवम् ऋण उपलव्ध गराउन अनुरोध गर्ने बताइएको छ ।

चिनियाँ नेता सीले सन् २०१४ मा भेनेजुएलाको भ्रमण गरेका थिए । दुवै नेता अमेरिकी आधिपत्यवादी गतिविधिका तीव्र आलोचक मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट