जी २० सम्मेलनलाई पुटिन र सी चिनफिङले किन गरे बहिस्कार ?-Sutra News

जी २० सम्मेलनलाई पुटिन र सी चिनफिङले किन गरे बहिस्कार ?

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौं । शनिबारदेखि भारतको राजधानी नयाँदिल्लीमा जी २० को शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको सहभागिता हुनेछ ।



पन्ध्र वर्षअघिको आर्थिक संकटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी २० को नयाँदिल्ली संस्करण भने फिका हुने अनुमान गरिएको छ । कारण, विश्वका दुई ठूला शक्तिशाली देश रुस र चीन उपस्थित हुने छैनन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने हुँदा मूलमुद्दामा नै प्रवेश गर्ने विषय अन्योल देखिन्छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने विषयमा नै भारतलाई सकस परेको कुरा भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

सम्मेलनलाई चीनले किन बहिस्कार ग¥यो ? कारण खुलेको छैन । चीनले जी २० को स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय भने यसअघिदेखि नै राख्दै आएको थियो । जी २० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त छन् ।

यता, युक्रेनसँगको युद्धका कारण पुटिनमाथि पश्चिमाको घेराबन्दी छ । जसको कारण पनि उनलाई सम्मेलनमा उपस्थित हुन अहसजता देखिन्छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जी २० शिखर सम्मेलनमा रुसी राष्ट्रपतिले आफ्नो अनुहार देखाउन नचाहेको टिप्पणी गरेका छन् । आफ्नो कूटनीतिक बहिर्गमन एवम् राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण उनी स्वयम्ले गरेको टिप्पणी सुनकको छ ।

शिखर सम्मेलनको पूर्वसन्ध्यामा चीन र अमेरिकाबीच विवाद बढेको छ । चीनले आइफोनको उत्पादनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको चर्चा बाहिरिएको छ । यदि चीनले प्रतिबन्ध लगाएमा अमेरिकाका निम्ति ठूलो घाटा हुनेछ ।

युक्रेन युद्ध र कोरोना महामारीपश्चातको विश्व अर्थतन्त्रबारे सम्मेलनमा छलफल हुने बताइएको छ । साथै, जलवायु परिवर्तनको विषय पनि सम्मेलनमा छलफलको एजेण्डा बन्नेछ । तथापी, चीन र रुसको अनुपस्थितिले जी २० सम्मेलनले निष्कर्ष भने पाउन सक्ने देखिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट