जनकपुरबाट साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ-Sutra News

जनकपुरबाट साढे २० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, २२ भाद्र २०८०

शुक्रबार, २२ भाद्र २०८०

काठमाडौँ। धनुषाको प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ९ बाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाउँ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह छन् ।

उनको साथबाट नेपाली १ हजार दरको नोट १ हजार ८५० र ५०० दरको नोट ४०० थान गरी कूल २० लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

शंका लागि साहको शरीर र उनले बोकेको झोलासमेतको खानतलासी गर्दा उक्त रकम बरामद भएको र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट