ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो-Sutra News

ज्यान गुमाउनेको संख्या २ हजार नाघ्यो

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०
TOPSHOT - Residents take shelter ouside at a square following an earthquake in Marrakesh on September 9, 2023. Nearly 300 people were killed after a powerful earthquake rattled Morocco on September 8 night, according to a preliminary government count, with Marrakesh residents reporting "unbearable" screams followed the 6.8-magnitude quake. (Photo by Fadel SENNA / AFP)

मोरक्को। मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको मोरक्कोको गृह मन्त्रालयले जनाएको छ ।



भूकम्पमा परी कम्तीमा एक हजार चार सय जना शस्त घाइते भएको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ । मोरक्कोको स्थानीय समयअनुसार शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।

भैैचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चार माध्यमले बताएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट