काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ थियो । अघिल्लो साता सुन प्रतितोला एक लाख १२ हजार ६ सय रुपैयाँ थियो ।
महासंघका अनुसार आइतबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घटिरहँदा चाँदीको मूल्यमा पनि निरन्तर ओरालोमा छ । आइतबारसम्म आउँदा चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो साता आइतबार चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ थियो भने शुक्रबारसम्म आउँदा मूल्य एक हजार ४०५ रुपैयाँ पुगेको थियो ।