काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्रै भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले यस्तो दाबी गरेका हुन् ।
चरम गुटबन्दीले कांग्रेसभित्र समस्या सिर्जना भएको भन्दै उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए । अहिले आफू नेता तथा कार्यकर्ताको भावना बुझ्नेतर्फ लागेको उनको भनाइ छ ।
सभापतिको सम्भावित उम्मेदवारको रुपमा चर्चा भइरहेका बेला शशांकले पछिल्लो समय सक्रियता बढाएका छन् । उनले चाडपर्वलगत्तै देश दौडाहामा जाने पनि बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कोशी प्रदेशमा सबै मिलेर जानुपर्ने बताए । राजनीतिक मुद्दालाई अदालतमा पु¥याउने विषय गलत भएको उनको भनाइ छ ।