काठमाडाैं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आइतबार आईपीओ बाँडफाँट गरेकाे हाे ।
कम्पनीले गत भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा कुल १० लाख १६ हजार ७१४ आवेदन परेको थियो।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल १ लाख २० हजार ५३२ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माण्डु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।