काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १०.२३ अंकले बढ्दै बजार १९४२.६८को बिन्दुमा उक्लिएको छ । समग्रमा बजार ०.५२ प्रतिशतले बढेको छ ।
बजार केही सातादेखि नै निरन्तर ओरालोमा थियो । अघिल्लो साता २८.९२ अंकले घट्दै बजार बन्द भएको थियो ।
आइतबार ४२ लाख १४ हजार ४१७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब सात करोड २२ लाख १२ हजार रुपैयाँ भयो ।
आइतबार जलविद्युतबाहेक सबै उपसूचकहरुमा हरियाली छायो । व्यापार र होेटल समूहमा सबैभन्दा बढी प्रतिशतले बृद्धि भयो ।
कारोबार आएका २२७ कम्पनीमध्ये १५२ कम्पनीको बढ्यो भने ६६ कम्पनीको घट्यो । नौ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
आइतबार सूर्योदय वामी लघुवित्त, सुभम पावर, न्यादी हाइड्रो, मेन्छियाम हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भयो भने थ्रीस्टार जलविद्युत, सिआइसी लघुवित्त, ग्लोबल आइएमई लघुवित्तलगायको मूल्य उच्च अंकले बढ्यो ।