एसिया कप : लयमा रहेको भारतले दुई ओपनर गुमायो-Sutra News

एसिया कप : लयमा रहेको भारतले दुई ओपनर गुमायो

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौँ । एसिया कपको आजको खेलमा उत्कृष्ट ब्याटिङमा रहेको भारतले १७ ओभरसम्मको खेलमा दुवै ओपनर गुमाएको छ।



१६ ओभरमा कप्तान रोहित शर्मा गुमाएको भारतले १७ औ ओभरमा अर्का ब्याट्सम्यान शुभमन गिल गुमायो। शर्मालाई सदाफ खान र गिललाई अफ्रिदीले आउट गराएका हुन्।

पछिल्लो समयमा भने पाकिस्तानी बलेर भारतीय ब्याट्सम्यानमाथि हाबी भएका छन्। शर्मा ५६ रन र गिल ५८ रन बनाएर पेभेलियन फर्किएका छन्। अहिले शर्माको ठाउँमा पूर्व कप्तान विराट कोहली र गिलको ठाउँमा केएन राउल मैदान पसेर क्रिज समालिरहेका छन्। हाल १९ ओभरको खेल सकिँदा भारतले २ विकेट गुमाएर १३१ बनाएको छ। खेल जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट