पाकिस्तान भारतको खेलमा वर्षा बाधक-Sutra News

पाकिस्तान भारतको खेलमा वर्षा बाधक

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौँ। एसिसी एसिया कपअन्तर्गत भारत र पाकिस्तानबीच जारी सुपर फोरको खेल वर्षाका कारण रोकिएको छ ।



श्रीलंकाको आर प्रेमादाशा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरिरहेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाउँदै १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

भारतका लागि केएल राहुल १७ र विराट कोहली आठ रन बनाएर क्रिजमा छन्। यसअघि शुभमन गिल ५२ बलमा १० चौकाको मद्दतमा ५८ तथा कप्तान रोहित शर्मा ४९ बलमा ६ चौका र चार छक्काको मद्दतमा ५६ रन बनाएर आउट भए ।

पहिलो विकेटका लािग शुभमन र रोहितले १ सय २१ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र शादब खानले समान एक विकेट लिएका छन् ।

समूह चरणमा यी दुईबीचको खेल वर्षाका कारण रद्द भएको थियो । पाकिस्तान सुपर फोरमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो ।

भारत पनि पाकिस्तानलाई पराजित गर्दै सुपर फोरको सुरुआत सुखद बनाउने लक्ष्यमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट